काठमाडौको केएमसी अस्पताल अनिश्चितकालका लागि बन्द


काठमाडौ । सिनामंगलस्थित काठमाडौं मेडिकल कलेज तथा शिक्षण अस्पताल (आज) बधुबारबाट अनिश्चितकालका लागि बन्द भएको छ ।

अस्पतालका दुई बिरामी र दुई स्वास्थ्यकर्मीलाई कोरोना संक्रमण  देखिएपछि (आज) बुधबार सुचना जारी गदै अर्को सूचना प्रकाशित नहुँदासम्मको लागि अस्पतालका सबै सेवा बन्द भएको जानकारी गराएको हो ।

 “दुई बिरामी र दुई स्वास्थ्यकर्मीलाई कोभिड पोजेटिभ देखिएको हुँदा संक्रमण जोखिमका दृष्टीले हाललाई यस अस्पतालबाट प्रवाहरत आकास्मिक लगायतका विभागहरुमा निर्मलीकरण  गर्नुपर्ने अवस्था आएकाले सम्पूर्ण सेवाहरु अर्को सूचना प्रकाशित नभइन्जेलसम्मका  लागि स्थगित गरिएको जानकारी गराउँछौं,” अस्पतालले जारी गरेको सुचनामा भनिएको छ ।

प्रतिकृया दिनुहोस्

About sanjita

माइपोखरी न्यूज डटकम सम्बाददाता