सनराईज बैंकद्वारा इलाम नगरपालिकालाई थर्मगन हस्तान्तरण

इलाम, २१ जेठः इलाम बजारमा शाखा भएको सनराईज बैंकले इलाम नगरपालिकालाई थर्मगन हस्तान्तरण गरेको छ । २५ हजार मुल्य बराबरको ५ वटा थर्मगन सनराईज वैंक इलामका शाखा प्रवन्धक ज्ञानश्याम गुरुङले इलाम नगरपालिकाका प्रमुख महेश वस्नेतलाई हस्तान्तरण गरेका हुन । इलाम नगरक्षेत्र भित्र कोरोना रोकथाम तथा नियन्त्रणको लागि सो थर्मगन हस्तान्तरण गरेको शाखा प्रवन्धक  गुरुङले वताउनुभयो । 
इलाम बजारमा शाखा रहेको सनराईज वैंकले यस अघि पनि विभिन्न सामाजिक क्षेत्रमा सहयोग गर्दै आएको छ । 
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता