कर्णाली प्रदेशमा ४ महिनाको शिशुसहित १६ जनामा कोरोना संक्रमण


कर्णाली प्रदेशमा आज १६ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । सामाजिक विकास मन्त्रालय कर्णाली प्रदेश सुर्खेतको स्वास्थ्य सेवा महाशाखा प्रमुख डा. लक्ष्मिनारायण तिवारीले आज थप १६ जनामा कोरोना भाइरसको संक्रमण देखिएको जानकारी दिए । उनले आज कोरोना संक्रमण देखिनेमा तीन जिल्लाका ४ महिनाको शिशु देखि ४२ वर्ष उमेरसमुहका रहेका बताए ।

यस प्रदेशमा कुल कोरोना संक्रमितको संख्या २ सय ७८ पुगेको मन्त्रालयले जनाएको छ ।

थप विज्ञप्तिमा हेर्नुहोस् 

प्रतिकृया दिनुहोस्

About sanjita

माइपोखरी न्यूज डटकम सम्बाददाता