करेन्ट लागेर झापामा एक युवकको ज्यान गयो

झापा, २४ जेठ । करेन्ट लागेर झापामा एक जेसीबी सहचालकको ज्यान गएको छ । सल्यान जिल्लको कालिमाटी गाउँपालिका ४ का २६ वर्षका चित्रबहादुर ओलीको करेन्ट लागेर ज्यान गएको प्रहरीले जनाएको छ ।
उनलाई दमक नगरपालिका–२ हुम्से दुम्से सामुदायिकमा काम गर्ने क्रममा करेन्ट लागेको थियो । चलिरहेको जेसीबीलाई बिजुलीको तारले छुन पुगेपछि पन्छ्याउने क्रममा करेन्ट लागैको प्रहरीले जनाएको छ ।
करेन्ट लागेपछि अस्पताल लैजाने क्रममा उनको ज्यान गएको जिल्ला प्रहरी कार्यालय झापाका प्रमुख एसपी कृष्ण प्रसाद कोइरालाले बताउनुभयो ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता