नेपालमा कोरोना भाइरस कोभिड १९ को संक्रमणबाट ११ को मृत्यु : स्वास्थ्य मन्त्रालय

काठमाडौं, २३ जेठ । कोरोना भाइरस कोभिड १९ को संक्रमणबाट नेपालमा मृत्यु हुनेको संख्या ११ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मृत्यु हुने ११ औं व्यक्ति सुर्खेत पञ्चपुरी नगरपालिका वडा नम्बर १ का २० बर्षीय युवा हुन् ।
सुर्खेतस्थित जनता मावि विद्यापुर क्वारेन्टाइनमा बसेर घर गएका युवकको कोरोना भाइरसको कारण मृत्यु भएको पुष्टि भएको मन्त्रालयले जनाएको छ ।
सुर्खेतको पञ्चपुरी नगरपालिका वडा नम्बर १ का २० वर्षीय युवकको बिहीबार बिहान घर नपुग्दै बाटैमा मृत्यु भएपछि पीसीआर जाँच गर्दा पोजिटिभ आएको कर्णाली प्रदेश सरकारको सामाजिक विकास मन्त्रालय स्वास्थ्य महाशाखाले आज विहान पुष्टि गरेको थियो ।
मृत्यु भएपछि पीसीआर जाँचका लागि बिहीबार नै स्वाब संकलन गरी सदरमुकाम वीरेन्द्रनगर पठाइएकोमा राति नै रिपोर्ट पोजिटिभ आएको थियो ।
भारतबाट आएका ती युवक जनता मावि विद्यापुरको क्वारेन्टाइनमा बसेका थिए । आरडीटी जाँच गर्दा नेगेटिभ आएपछि २१ गते दिउँसो घर गएका उनको सोही दिनको राति २ बजे मृत्यु भएको थियो ।
उनी घर भने पुगेका थिएनन् । उनीसहित अन्या पाँचजना वडा नं एकको एउटा सामुदायिक भवनमा बसेका थिए ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता