कर्णाली प्रदेशमा एकैपटक १ सय ६ जनामा संक्रमणको पुष्टि, संक्रमित २ सय १३ पुगे

कालिकोट, २२ जेठ । कर्णाली प्रदेशमा कोरोना संक्रमितको संख्या थपिने क्रम तीब्र बनेको छ । भारतबाट आउनेको संख्या बढेसंगै कोरोना संक्रमितको संख्या पनि दिनानुदिन बढ्दो छ ।
आज मात्र कर्णाली प्रदेशमा थप १ सय ६ जना नयाँ संक्रमित फेला परेका छन् ।
थपिएका संक्रमितहरुमा दैलेखका १ सय ५ जना छन् भने मुगुका १ जना छन् । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाका गरिएको परीक्षण पछि उनीहरुमा कोरोना भाइरस पोजिटिभ संक्रमणको पुष्टि भएको हो ।
संक्रमितमा दैलेखका १ सय पुरुष र पाँच महिला छन् भने मुगुका १ जना पुरुष छन् । योसंगै कर्णाली प्रदेशमा बिहीबार दिउँसोसम्म संक्रमितको कुल संख्या २ सय १३ पुगेको छ ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता