रौतहटमा एकैदिन थपिए ६५ कोरोना संक्रमित

रौतहट, २२ जेठ । रौतहटमा आज एकैदिन ६५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै रौतहटमा कोरोना संक्रमितको संख्या ३८३ पुगेको छ ।
आज संक्रमण पुष्टि भएका सबै भारतका विभिन्न सहरबाट भर्खरै रौतहट आएका नेपालीहरु रहेका छन् । योसँगै जिल्लाको १८ वटै स्थानिय तहमा संक्रमित भेटिएका छन् ।
संक्रमितहरुमध्ये इशनाथ नगरपालिकाकाका ४६ जना, गढीमाइ नगरपालिकाका ७ जना, गुजरा नगरपालिकाका ८ जना, चन्द्रपुर नगरपालिका, फतुवा विजयपुर नगरपालिका, माधवनारायण नगरपालिका र दुर्गा भगवती गाउँपाललिकाका एक–एक जना रहेका प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरेले जानकारी दिनभुयो ।
संक्रमितहरुमध्ये २ जना महिला रहेका छन् भने बाँकी सबै पुरुष रहेका छन् । उनीहरु सबै स्थानिय पालिकाहरुकाकाे क्वारेन्टाइनमै रहेका छन् । हाल उनीहरूकाे स्वास्थ्य स्थिति सामान्य रहेको छ । तर अब कहाँ राखेर थप उपचार गर्ने भन्ने बारे छलफल भइरहेको बताइएकाे छ।
जिल्लामा संक्रमित बढेसँगै आइसोलेसन बेडको अभाव भइरहेको छ । आइसोलेसन नहुँदा कतिपय संक्रमितहरुलाई क्वारेन्टाइनमै राखेर उपचार गरिरहेको छ ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता