सुर्खेतमा क्वारेन्टाइनबाट घर फर्किएका युवकको घर नपुग्दै मृत्यु

काठमाडौं, २२ जेठ । सुर्खेतस्थित जनता मावि विद्यापुर क्वारेन्टाइनमा बसेर घर गएका एक युवकको मृत्यु भएको छ । पन्चपुरी नगरपालिका वडा नम्बर १ का १९ वर्षीय युवकको बिहीबार विहान घर नपुग्दै बाटैमा मृत्यु भएको हो ।
पन्चपुरी नगरपालिकाका मेयर उपेन्द्रबहादुर थापा अनुसार उनी भारतबाट आएका थिए । मेयर थापाले भन्नुभयाे, ‘उनी भारतबाट आएका थिए, जेठ ७ गते जनता मावि विद्यापुरको क्वारेन्टिनमा पुगिसकेका थिए ।’ भारतबाट कहिले आएका थिए भन्ने चाहिँ आफूलाई पनि थाहा नभएको मेयर थापाले बताउनुभयो ।
हिजाे बुधबार उनकाे काेराेना रिपाेर्ट नेगेटिभ आएकाे थियाे । ‘क्वारेन्टाइनमा बसेका सबैकाे काेराेना जाँच गराएका थियाैँ, हिजो सबैको रिपोर्ट आयाे,’ मेयर थापाले भन्नुभयाे, ‘रिपाेर्ट नेगेटिभ आउनेहरू घर फर्किएका थिए, पोजेटिभ आएका सबै क्वारेन्टिनमै बसिरहका छन् ।’
उनी क्वारेन्टिनबाट घर गएपनि घर भने नपुगेकाे मेयर थापाले जानकारी दिनुभयाे । ‘क्वारेन्टिनबाट हिजो दिउँसो ३ बजे हिडेका थिए, तर घर भने पुगेका थिएनन्,’ मेयर थापाले भन्नुभयाे ।
उनकाे टिममा ५ जना भएकाे र उनीहरू वाड नं एककाे एउटा सामुदायिक भवनमा बसेकाे मेयर थापाले जानकारी दिनुभयाे । ‘उनको टिममा ५ जना थिए, उनीहरूलाई ७ दिन होमक्वारेन्टिनमा बस्नु भनेकाे थिए,’ मेयर थापाले भन्नुभयाे, ‘ उनीहरू पाँचै जना माैरी प्रशाेधन केन्द्रमा बसेका थिए, ७ दिन होमक्वारेन्टिनमा बस्नुभन्दा घरबाटै खान मगाउलाँ, यतै बसैला भनेर उनीहरू त्यहाँ बसेका थिए ।’
उनको स्वाब संकलन गरेर फेरी कोराना परीक्षण गर्न तयारी भइरहको मेयर थापाले जानकारी गराउनुभयो । उनले ब्लड प्रेसरको औषधि खाइरहेको पनि मेयर थापाले बताउनुभयो ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता