एसईई परीक्षा नलिने सरकारको निर्णय, पसल खोल्न पाइने र निजी सवारी साधन गुड्न दिइने


काठमाडौं, २८ जेठ । सरकारले यस वर्षको माध्यमिक शिक्षा परीक्षा ९एसईई० रद्द गरेको छ । लकडाउनको सहजीकरण गर्न बुधबार साँझ बसेको मन्त्रिपरिषदको बैठकले विद्यालयको आन्तरिक मूल्यांकनको आधारमा ग्रेड निर्धारण गरी परीक्षा नलिने निर्णय गरेको हो ।
गत चैत ६ गतेदेखि सुरु हुने एसईई परीक्षा चैत ५ गते स्थगित हुँदा परीक्षाको तयारीमा रहेको लाखौं विद्यार्थी मारमा परेका थिए । यसैबीच मन्त्रिपरिषद् बैठकले सरकारले लकडाउन चरण बद्ध रुपमा लकडाउन खुकुलो बनाउने निर्णय गरेको छ ।
सरकारले जनजीवन सहज बनाउन लकडाउन खुकुलो बनाउने निर्णय गरेको हो । बैठकले पहिलो चरण अनुसार नै आजबाटै लागू हुने गरी स्वास्थ्य सुरक्षा मापदण्ड अपनाएर पसलहरु खोल्ने दिने निर्णय गरेको छ ।
यस्तै, उपत्यकामा निजी सवारी साधनहरु जोर–बिजोरका आधारमा चल्न दिने पनि मन्त्रिपरिषद्ले निर्णय गरेको छ । निणर्यानुसार दुई पांग्रेमा १ जना, चार पांग्रेमा ड्राइभरसहित ३ जना मात्रै सवार हुन पाउने भएको छ ।
यसो गर्दा सामाजिक दूरी पनि कायम हुने सरकारको विश्वास छ । खुलेका पसलहरु र सञ्चालनमा आएको सवारी साधनमाथि मापदण्डको निगरानी र अनुगमन कडा बनाउने निर्णय पनि मन्त्रिपरिषदले गरेको छ ।
उपत्यका प्रवेशमा कडाई गरिने
यस्तै, बैठकले सार्वजनिक यातायातलाई सञ्चालन गर्ने विषयमा भने अध्ययन पछि मात्र निर्णय गर्ने भएको छ भने बढी भीडभाड हुने शैक्षिक संस्था, मल, सिनेमा हल, पार्टी प्यालेस भने तत्काल नखोलिने बैठकले जनाएको छ ।
यस्तै, उपत्यका प्रवेशमा भने सरकारले कडाई गर्ने समेत निर्णय गरेको छ । यस्तै, पीसीआर मेसिनलाई व्यवस्थित गर्ने र क्वारेन्टाइनको स्त्तारोन्नति गर्ने समेत बैठकले निर्णय गरेको छ ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता