प्रदेश १ सरकारको नीति तथा कार्यक्रम पारित


विराटनगर, २८ जेठ । प्रदेश नं. १ सरकारको नीति तथा कार्यक्रम पारित भएको छ । प्रदेश सरकारले जेठ २३ गते शुक्रवार प्रस्तुत गरेको आर्थिक वर्ष ०७७/७८ को नीति तथा कार्यक्रम बहुमतले पारित भएको हो । सो प्रस्तावमा नेपाली कांँग्रेसका सांसदहरु केदार कार्की र शेखरचन्द्र थापाले संसोधन प्रस्ताव राख्नु भएकोमा बहुमतले अस्विकृत गरिएको थियो ।
नीति तथा कार्यक्रम माथि उठेको विषयहरु बारे प्रदेश नं। १ का मुख्यमन्त्री शेरधन राईले बुँदागत रुपमा जवाफ दिनुभएको थियो । प्रदेश सभाको बैठक असार १ गते ३ बजे सम्मका लागि स्थगित भएको छ ।
प्रदेश नंं. १ सरकारले अषाढ १ गते नीति तथा कार्यक्रममा आधारित भएर आर्थिक वर्ष ०७७÷७८ का लागि वार्षिक बजेट ल्याउने कार्यक्रम रहेको छ ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता