सिन्धुलीमा पहिलाे पटक काेराेना संक्रमण पुष्टि, सङ्क्रमित भारतबाट

सिन्धुली, २२ जेठ । सिन्धुलीमा पहिलो पटक काेराेना सङ्क्रमण देखिएकाे छ । भारतबाट आएका एकजना पुरुषमा कोरोना भाइरस संक्रमण भएको पुष्टि भएको हाे ।
जिल्लाको कमलामाई नगरपालिका १४ चन्दनपुरका २३ वर्षीय वर्षिय पुरुषमा संक्रमण पुष्टि भएको जिल्ला जनस्वास्थ्य कार्यालय सिन्धुलीका प्रमुख जितेन्द्र कुमार शाहले जानकारी दिनुभयाे ।
संक्रमित पुरुष भारतबाट आई चन्दनपुर माविको क्वारेन्टाईनमा बस्दै आएका शाहले जानकारी दिनुभयाे ।
यसअघि सिन्धुली स्थायी ठेगाना भई काठमाडाैं बस्ने एक २७ वर्षीया महिलामा कोरोना संक्रमण देखिएको थियाे । तर जिल्लामै भने यो पहिलो संक्रमण हो ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता