नेपालमा कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको संख्या ९ पुग्यो


काठमाडौं, २१ जेठ । नेपालमा कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको संख्या ९ पुगेको छ । स्वास्थ्य मन्त्रालयले कोरोनाका कारण दोलाखाका ७६ वर्षीय पुरुषको उपचारका क्रममा बुधबार निधन भएको पुष्टि गरेसँगै ज्यान गुमाउनेको संख्या ९ पुगेको हो ।
स्वास्थ्य मन्त्रालयका अनुसार उनी यही जेठ १३ गते काठमाडौँ मेडिकल कलेज सिनामङ्गलमा उपचारका लागि भर्ना भएका थिए । उनमा ‘हेमोराइजिक स्ट्रोक’ देखिएपछि अप्रेसन गरिएको थियो ।
साथै जेठ १५ गते स्वाब परीक्षणपश्चात कोरोना सङ्क्रमण देखिएपछि थप उपचारका उनलाई त्रिवि शिक्षण अस्पताल लगिएको थियो
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता