१३ वर्ष पछि आउन लाग्यो बरबोटेवासीका लागि खानेपानी


इलाम, १ असार । इलामको एउटा सिंगै गाउँ खानेपानी समस्याबाट गुज्रिरहदा १३ वर्ष पछि आएर उनीहरुको आँत रसाउने कार्यलाई तीब्रता प्रदान गरिएको छ ।
इलाम बरबोटेको मान्द्रेनी खानेपानी आयोजनाको काम अहिले लगभग १८ किलोमिटर लामो मेनपाइपलाईनको काम सकिएको छ भने अन्य ८५ किलोमिटर लामो वितरण लाईनको काम धमाधम भईरहेको छ ।
इलामको साविक बरबोटे गाविस हाल इलाम नगरपालिका ४ र ५ का लगभग २ हजार ७ सय घरपारिवारको लागि ल्याइएको खानेपानी आयोजनमा २२ करोडभन्दा वढी लगानी गरिएको छ ।
आयोजनाको अहिलेसम्म ६५ प्रतिशत काम सकिएको र यो वर्ष भित्र उपभोक्ताको धारामा पानी पु¥याउने संघीय खानेपानी तथा ढलव्यवस्थापन आयोजनाका इन्जिनियर मनोज श्रेष्ठ वताउँछन् ।
उनका अनुसार अहिले सम्म ८ वटा फेरो ट्याङ्कीको निर्माण कार्य सकिएको छ । ५ वटा आरसीसी ट्याङ्कीमध्ये १ वटाको निर्माण कार्य सम्पन्न भएको छ भने ४ वटा निर्माण हुन वाँकी रहेका छन् ।
खानेपानी आयोजनाको मेन पाईपलाईन लामो भएकाले र अर्को गाउँपालिकाबाट ल्याउनु परेकोले पनि विभिन्न सरकारी कगजपत्र मिलाउन समय लागेकोले पनि खानेपानी आयोजनाको काममा लामो समय लागेको खानेपानी आयोजनाका अध्यक्ष मनराज जवेगु वताउँछन् ।
लामो समयदेखि वरवोटेवासीले खानेपानीको समस्या वेहोर्दै आएकाले वि।स। २०६४ सालमा सर्वेक्षण गरेको र उपभोक्ताको लागत उठाउँदा ९९० घर परिवार वाटा १ हजारको दर उठाएर शुरु गरेको खानेपानी आयोजना सञ्चालनमा आउँदा सम्ममा ३ हजार उपभोक्ता पुग्ने र ढिलै भए पनि खानेपानी आएकोमा खुसी लागेको वरवोटेका स्थायी वासिन्दा सोम रिजाल वताउँछन् ।
हुन त इलामको वरवोटेमा खानेपानीको स्रोतको अभाव देखिदैन तर स्थानीय स्रोतको संरक्षण नहुनु र भएका स्रोतबाट अन्य ठाउँमा खानेपानी वितरण हुनु तथा विकास निर्माणको कार्यमा खानेपानी स्रोतको संरक्षण नगरिनुले बरवोटेका वसिन्दाहरु काकाकुलको जिन्दगी विताउँन वाध्य भएका छन् । यो खानेपानी आयोजना सम्पन्न भएसँगै वरवोटेको खानेपानी समस्याको हल हुने सम्भावना देखिएको छ ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता