पाँचथर जिल्लामा पहिलो पटक २५ वर्षीय महिलामा कोरोना पुष्टि

पाँचथर, २ असारः पाँचथर जिल्लामा पहिलो पटक २५ वर्षीय महिलामा कोभिड १९ पुष्टि भएको छ ।ति महिला  पहिलो चरणमा कुबेतबाट काठमाण्डौ हुँदै तीनदिन अघि पाँचथर आइपुगेकी हुन । उनलाई उपचारारार्थ विराटनगर पठाउने तयारी भइरहेको स्वास्थ कार्यालय पाँचथरका प्रमूख नारदमणी सुवेदीले जनाएका छन् । 
संक्रमण पुष्टि भएकी २५ वर्षीय युवतीलाई पाँचथर बहुमुखी क्याम्पसको क्वारेन्टाइनमा राखिएको थियो । उनको स्वाब परिक्षण कोशी अस्पताल विराटनगरमा गरिएको र  कोरोना भाइरस संक्रमण पुष्टि भएको स्वास्थ कार्यालय पाँचथरले जनाएको छ ।
फिदिम टुडेबाट साभार गरिएको 
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता