लद्दाखमा चिनियाँ र भारतीय सेनाबीच झ'डप, भारतका एक सैन्य अधिकारी र दुई जवानको मृत्यु


एजेन्सी, २ असार । चीन र भारतबीच सीमामा बढ्दो तनावले अन्ततः झ’डपको रुप लिंदा भारतका १ सैन्य अधिकारी र दुई सैनिक जवानको मृत्यु भएको छ । लद्दाखको गलवान वैली भन्ने स्थानमा भारत र चीनका सैनिकबीच झ’डप भएको हो ।
भारत सरकारले दिएको आधिकारिक जानकारी अनुसार गलवान वैली सीमामा सैनिकहरुबीच विवाद बढ्दा झ’डपको रुप लिएको हो । भारतीय पक्षका अनुसार सोमबार राति गलवान उपत्यका क्षेत्रमा दुबै देशका सेनाबीच भीषण संघर्ष भएको हो । संघर्षमा एक भारतीय सैन्य अधिकारी र दुई सैनिकको मृत्यु भएको बीबीसीले जनाएको छ ।
भारतीय सेनाको दावी अनुसार चिनियाँ सेनाको पक्षमा पनि ठूलो क्षति भएको छ । तर अहिलेसम्म चिनियाँ पक्षले यसबारेमा कुनै जानकारी दिएको छैन ।
भारतीय सैन्य मुख्यालयक अनुसार अहिले दुबै देशका वरिष्ठ सैन्य अधिकारी समस्या सुल्झाउन घटना भएको स्थानमा नै बैठक बसिरहेका छन् । गलवान क्षेत्र चीन र भारतबीचको लद्दाखको सीमा रेखामा अवस्थित स्थान हो ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता