काठमाडाैँ उपत्यकामा कोरोना समुदायमा फैलिने खतरा


काठमाडाैँ, १६ असार । आइतबार बिहान स्टार अस्पतालमा मृत्यु भएका एक पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ । रौतहट स्थायी घर भएका पुरुषमा सोमवार कोरोना पुष्टि भएको हो । उनको स्वाबको नमूना परीक्षण पाटन स्वास्थ्य विज्ञान प्रतिषठनमा लगिएको थियो । उनीसंगै नेपालका कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २९ पुगेको छ । मृतकलाई श्वास–प्रश्वासमा समस्या भएपछि असार १३ गते रौतहतवाट काठमाडौं ल्याइएको थियो । उनमा तीन महिनादेखि फोक्सोमा समस्या रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
सोमवार थप ४ सय ७६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पुष्टि भएसंगै नेपालमा कोरोना संक्रमितको संख्या १३ हजार २ सय ४८ पुगेको छ । ती मध्येमा १५ सय ८६ महिला र ११ हजार ६ सय ६२ पुरुष छन् ।
सोमवार थप १ सय २१ जना निको भई बिभिन्न अस्पालहरुवाट निको भएका छन् । यो सहित नेपालमा कोरोनावाट निको हुनेको संख्या ३१ सय ३४ पुगेको छ । ती मध्ये महिला २ सय ६८ र पुरुष २८ सय ६६ जना छन् ।
पछिल्लो चौविस घण्टामा थप ७ हजार ७ सय ९१ वटा नमूनाको पिसिआर विधिवाट परिक्षण भएको थियो । हाल क्वारेन्टिनमा ५७ हजार ३ सय ६७ जना क्वारेन्टिनमा छन् भने १० हजार ८५ जना आइसोलेसनमा छन् ।
सोमवार सवै भन्दा बढी संक्रमित हुने जिल्लाहरुमा बाजुरामा ६६ जना, दाङमा ५८, कैलालीमा ५८, अर्घाखाँचीमा ३८, गुल्मीमा २०, पाल्पा र वाग्लुङमा १४, पर्वतमा १३ जना छन् । त्यसैगरी अन्य जिल्लामा पनि संक्रमण थपिएको छ ।
काठमाडौं उपत्यकामा सोमवार थप ८ जनामा कोरोना पुष्टि भएको छ । कोरोना पुष्टि हुनेहरुमा काठमाडौका ६ जना, ललितपुरका १ जना र भक्तपुरमा १ जना छन् । पछिल्लो समय काठमाडौ उपत्यकाको घनावस्ती भएका ठाउँहरुमा कोरोना पुष्टि भएको भन्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले उपत्यकावासीलाई सचेत हुन आग्रह गरेका छन् । याे खबर नागरिक दैनिकमा छ ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता