टिचिङ अस्पतालमा उपचाररत ४५ दिनको शिशुमा कोरोना संक्रमण

काठमाडाैं, १६ असार । टिचिङ अस्पतालमा उपचाररत ४५ दिनको शिशुमा कोरोना पुष्टि भएको छ ।
अस्पतालका कोभिड १९ व्यवस्थापन संयोजक डा. सन्त कुमार दासका अनुसार म्याग्दीवाट हालै उपचारका लागि टिचिङ अस्पताल महाराजगंज ल्याइएकाे शिशुमा काेराेना संक्रमण देखिएकाे हाे ।
डा. दासका अनुसार शल्यक्रियाको लागि भर्ना भएका उनको स्वाव परीक्षणको गरिएको थियो । स्वाव परीक्षाणमा उनकाे रिपाेर्ट पाेजेटिभ आएको हो । श्वास फर्ने गाह्राे भएपछि सोमबार नै शल्यक्रिया गरिएको डा. दासले जानकारी दिनुभयाे ।
शिशुको सोमवार नै घाँटीको शल्यक्रियापछि आइशोलेशनमा राखिएको दासले बताउनुभयाे ।
हिजाे साेमबार मात्रै काठमाडाैं उपत्यकामा ८ जनामा काेराेना संक्रमण पुष्टि भएकाे थियाे ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता