सुर्खेत र जुम्लामा रहेका २ जना इलामेलीलाई कोरोना संक्रमण

इलाम, ११ असारः इलाम स्थायी ठेगाना भएका दुई जनामा कोरोना भाइरस (कोभिड १९) संक्रमण भएको पुष्टी भएको छ । आज स्वास्थ्य मन्त्रालयको नियामित प्रेस बिफिङमा इलाम स्थायी घर भएर सुर्खेत र जुम्लामा रहेका १/१ जना पुरुषलाई कोरोना संक्रमण भएको पुष्टी गरेको छ । सुर्खेत प्रादेशिक अस्पतालमा गरिएको परिक्षणमा एक पुरुष र कर्णाली स्वास्थ्य विज्ञान जुम्लाकमो प्रयोगशालामा गरिएको आर्का एक पुरुषमा कोरोना संक्रमण पुष्टी भएको हो । यो संगै इलाम स्थायी घरभएका ४ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । यस अघि इलामको सूर्योदय नगरपालिकाको करफोक क्वारेन्टाइनमा रहेका दुई पुरुषमा कोरोण संक्रमण पुष्टी भएको थियो उनिहरुको मोरङको गोठगाउँमा रहेको कोरोना अस्पतालमा उपचार भईरहेको छ । 
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता