प्यूठानमा ट्रयाक्टर दुर्घटना, सडक निर्माणमा खटिएका ७ मजदुरको मृत्यु


काठमाडौं, ०४ साउन । ट्रयाक्टर दुर्घटना हुँदा प्यूठानमा ७ जनाको ज्यान गएको छ । सडक बनाउन खटिएका मजदुरहरु चढेको लु २ त ४२३४ नम्बरको ट्रयाक्टर दुर्घटना हुँदा उनीहरुको ज्यान गएको हो ।
ट्रयाक्टर जिल्लाको स्वर्गद्वारी नगरपालिका–३ रुमालेलमा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय प्यूठानले जनाएको छ । मृतक सबै सडक मर्मतमा खटिएका मजदुर रहेको प्रहरीले बताएको छ । यद्यपि उनीहरुको पहिचान भने भइनसकेको बताइएको छ ।
उनीहरु ङ्गृ–स्वर्गद्वारी सडक खण्डको स्तरोन्नत्तीका लागि खटिदै आएका थिए । सबै मजदुरहरु रोल्पा रुम्टीगढीकाबाट कामका लागि आएका थिए । अहिले प्रहरी र स्थानीयको सहयोगमा उद्धार भइरहेको जिल्ला प्रहरी कार्यालय प्युठानले जनाएको छ ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता