इलाम चुरेघाँटीको पूरै बस्ती पहिरोको जोखिममा (भिडियाे सहित)


इलाम, ३ साउन । इलाम नगरपालिका–६ चुरेघाँटीका पूरै बस्ती पहिरोको जोखिममा परेको छ । मेची राजमार्गको दुवै किनाराका २१ घरहरु पहिरोको जोखिममा परेको हो ।
पहिरोले यसअघि २०४५ साल र २०५४ सालमा ४ वटा घरमा क्षति पु¥याएको थियो । त्यस्तै, वर्षातको समयमा मेची राजमार्गको स्तरोउन्ती गर्ने काम सुरु भएसँगै बाटोमा भएको भलले पहिरोको जोखिम बढाएको स्थानीहरु बताउँछन् ।
चुरेघाँटीबाट तोरीबारी शान्तिडाँडा सडकको पनि त्यही हालत भएको छ । बाटोको तल्लो साइटमा ५० मिटर भन्दा लामो २ मिटर जमिन दबिएको छ । पहिले पनि उक्त ठाउँमा ३ वटा घर विस्थापित भएको स्थानीयहरुको भनाइ छ ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता