गौत्तम डंगोल ‘सन्देश’को नयाँ गीत ‘म विनाको संसार’ सार्वजनिक (भिडियाे सहित)

इलाम, ३ असार । बैंकर तथा गीतकार गौत्तम डंगोल ‘सन्देश’को नयाँ गीत सार्वजनिक भएको छ । ‘म विनाको संसार’को बोलको उनको गीत बुधबार सार्वजनिक भएको हो ।
भूगोल दाहालको स्वर रहेको गीतमा संगित भिषण निरौलाको रहेको छ । भने संगित संयोजन सुमित आर्या/ रोमी बस्नेत गरेका हुन् ।गीतको रेकर्डिङ, मिक्सिङ, मास्टरिङ सुमित आचार्य गरेका हुन् ।
उनको यसअघि पनि दर्जन बढी गीतहरु सार्वजनिक भइसकेको छ । उनले नेवारी गीत समेत लेखेका छन् । यस्तै प्रिन्ट तथा अनलाईन मिडियामा गरि १०० भन्दा बढि लेख रचना प्रकाशित छन् ।
गीतकार सन्देस एनआइसि एशिया बैंकमा कार्यरत छन् । १६ वर्ष बैंकिङ क्षेत्रमा रहेका उनी एनआइसि एशियाकाे प्रबन्धक हुन् ।

हेर्नुहाेस् भिडियाे

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता