इलाम नगरपालिको असारे विकास : साउन नलाग्दै भत्कियाे, ठेक्काको म्याद थपेर पुन: मर्मत गरिने (फाेटाेफिचर)



इलाम, ४ साउन । इलाम नगरपालिकाकले इलाम नगर क्षेत्रमा गरेको विकस निर्माणकार्य साउन नलाग्दै भत्किएको छ । भत्किएको काममा पनि नगरपालिकाले पुन काम लगाउने गरी ठेक्काको म्याद थपेर कालोपत्रे मर्मत पुन: गर्ने नगरपालिको स्रोतले वताएको छ ।
वर्षेनी बजेट सक्नको लागि असार लागे पछि वर्षातको समयमा इलाम नगरपालिकाले हतारहतर काम गर्ने गरेको छ । बजार क्षेत्रमा रहेको इलाम बजारबाट धोविधारा सम्मजाने नारायणस्थान सडकको टालटुले कालोपत्रे काम असार पन्द्रमा गरेको थियो अहिले साउन लाग्दा नलाग्दा उप्किएको छ ।
कालोपत्रे गरेको सडक उप्किएपछि स्थानीय आक्रोसीत हुँदै नगरले बजेट सक्न झारोटार्ने काम मात्र गरेको आरोप लगाएका छन् । नगरपालिकाले एक करोडको लगानीमा नगरक्षेत्राका कालोपत्रे बाटो मर्मत गर्न लागेको हो । वर्षातको समयमा कालोपात्रे गर्दा उप्किएको र चैत्र वैशाखमा कोरोनाका कारण कालोपत्रेकार्य गर्न नपाएकोले म्याद थप गरेर वर्षात पछि स्तरीय कालोपत्रे मर्मतको काम गर्ने नगरको स्रोतले वताएको छ ।
यस्तै नगरको महत्वकांक्षि योजना भन्दै सिंहवाहीनी खोल्सामा साइन्स पार्क बनाउने काम पनि वर्षातको भेलले वगाइदिएको छ । ५० लाखकाे लागतमा नगरको डल र खोल्साको पानी वग्ने ठाउँलाई पुरेर पानीलाई जमिन मुनीबाट व्यवस्थित बनाउनेकाम पनि भेलले बगाएको हो ।

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता