पछिल्लो २४ घण्टामा १ सय ५६ संक्रमित थपिए, संक्रमितको संख्या १७ हजार ६ सय ५८ पुग्यो


काठमाडौं, ४ साउन । मुलुकमा थप १ सय ५६ जनामा कोरोना भाइरस कोभिड १९ संक्रमणको पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशका बिभिन्न भागमा १ सय ५६ संक्रमित थपिएसंगै नेपालमा संक्रमितको कुल संख्या १७ हजार ६ सय ५८ पुगेको छ ।
मन्त्रालयका अनुसार कोशी अस्पताल विराटनगर प्रयोगशालामा सुनसरीका १ जना, गजेन्द्र नारायण सिंह अस्पतालमा सप्तरीका ३२, सिरहाका १ जनामा संक्रमण देखिएको छ । नारायणी अस्पतालमा भएको परीक्षणमा पर्साका ७, बाराका १ जनामा संक्रमण पुष्टि भएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा सर्लाहीका २३ जना नयाँ संक्रमित थपिएका छन् ।

शुक्रराज ट्रपिकल अस्पताल टेकुमा काठमाडौंका १, ललितपुरका २, मोरङका १ जनमा संक्रमण पुष्टि भएको छ । किटजन्य प्रयोगशाला हेटौंडामा सर्लाहीका २ जना, रौतहटका २ जना, मकवानपुरका १ जनामा संक्रमण देखिएको छ । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कास्कीका ६ जना, लम्जुङका ६ जनामा संक्रमण पुष्टि भएको छ । जनस्वास्थ्य प्रयोगशाला पोखरामा गरिएको परीक्षणमा बागलुङका १, म्याग्दीका ६, स्याङजाका २, पर्वतका १ जनामा पुष्टि भएको छ ।
रुपन्देही प्रयोगशालामा रुपन्देहीका २ जना, प्युठानका १ जनामा संक्रमण देखिएको छ । भेरि अस्पतालमा बाँकेका ५ जना, बर्दियाका १० जना, दाङका ५ जनामा संक्रमण देखिएको छ । यस्तै, लुम्बिनी प्रयोगशालामा भएको परीक्षणमा नवलपरासीका १० जनामा संक्रमण पुष्टि भएको छ । सुर्खेत प्रयोगशालामा भएको परीक्षणमा सल्यानका १ जनामा संक्रमण देखिएको छ । डडेल्धुरा अस्पताल प्रयोगशालामा डडेल्धुराका २ जना र सेती प्रादेशीक अस्पताल प्रयोगशालामा भएको परिक्षणमा कैलालीका २४ जनामा संक्रमण देखिएको छ ।
त्यस्तै, हालसम्म २२ हजार ६ सय ६२ जना क्वारेन्टिनमा छन् भने आइसोलसनमा ५ हजार ९ सय २३ जना छन् । मन्त्रालयका अनुसार २४ घण्टामा ३ हजार ७ सय ४१ जनाको पीसीआर परीक्षण भएसँगै मुलुकभर ३ लाख १५ हजार ५ सय ७० जनाको पीसीआर विधिबाट परीक्षण भएको छ ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता