कोरोनाबाट मृत्यु भएका ७२ वर्षीय वृद्धको परिवारका सबैलाई कोरोना, कामदारको रिपोर्ट आउन बाँकी


सप्तरी, ४ साउन । राजविराजमा कोरोनाको संक्रमणमा ज्यान गुमाएका ७२ वर्षीया वृद्धको परिवारका सबै सदस्यलाई कोरोना पुष्टि भएको छ । राजविराज नगरपालिका–६ का ७२ वर्षीय वृद्धको परिवारका सबैलाई कोरोना संक्रमण पुष्टि भएको हो।
लकडाउन हुनु अगावै उपचारका लागि भारत गएर लकडाउनको समयान नेपाल फर्किएका वृद्ध ‘होम क्वारेन्टाइन’मा बस्दै आएका थिए । मुटुमा समस्या भएपछि गत असार ३० गते उपचारका लागि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा भर्ना गरिएका ती वृद्धको कोरोना संक्रमण परीक्षणको रिर्पोट साउन १ गते साँझ आएको थियो तर उनको सोही राति नै मृत्यु भएको थियो ।
मृत्युपछि उनको परिवारका सबै सदस्य र उनको पसलका कामदारहरु गरी २३ जनाको स्वाब संकलन गरिएको थियो । जिल्ला स्वास्थ्य कार्यालय सप्तरीका अनुुसार उनको परिवारका २ पुरुष र ३ महिलामा संक्रमण पुष्टि भएको छ । स्वास्थ्य कार्यालयका अनुसार उनको पसलमा काम गर्ने अन्य १६ जनाको रिर्पोट आइसकेको छैन ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता