बझाङमा भीषण पहिरो : १७ घर बगायो, ७ जना बेपत्ता


बझाङ, २० असार । बझाङ जिल्लाको केदारस्युँ गाउँपालिका वडा- ८ को एक बस्ती पहिराले बगाएको छ ।
अविरल वर्षासँगै गाउँमाथिबाट आएको पहिरोले गएराति केदारस्युँ गाउँपालिका वडा- ८ को मल्लेसका १७ घर बगाएको स्थानीय लोकेन्द्र बिकले बताए । उनका अनुसार पहिराेमा परी ७ जना बेपत्ता भएका छन् । बझाङ प्रहरी प्रमुख डिएसपी गणेश बमले घटनास्थलतिर प्रहरी टोली पठाइसकिएको जानकारी दिए ।
गाउपालिकाका प्रमुख प्रसासखीय अधिकृत धनराज जोशीले ३०/४० घर भएको ठाउँमा पहिरो गएको बताए । ७ जना बेपत्ता भएको प्रारम्भिक जानकारी आएकाे र थप विवरणका लागि घटनास्थल गैरहेका उनकाे भनाइ छ ।
बाटो खोला किनारमा भएको र खोलामा अत्यधिक पानी आएर बाटो नभएको कारण प्रहरी घटनास्थल पुग्न सकेको छैन ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता