इलामको माइखोलामा बेवारिसे भेटिएको शव बरबोटेका सुमन खत्रीको भएको पुष्टी
इलाम, ९ साउनः शुक्रबार माईखोलामा भेटिएको बेवारिसे शव इलाम नगरपालिका ५ बरबोटे बस्ने कृष्ण खत्रीको छोरा अन्दाजी वर्ष ३० को सुमन खत्रीको भएको सनाखत भएको छ । यस बारे थप अनुसन्धान कार्य भई रहेको पनि जिल्ला प्रहरी कार्यालय इलामले जानकारी गराएको छ ।