पछिल्लो २४ घण्टामा १ सय ९ संक्रमित थपिए, संक्रमितको संख्या १८ हजार ४ सय ८३ पुग्यो

काठमाडौं, १० साउन । मुलुकमा थप १ सय ९ जनामा कोरोना भाइरस कोभिड १९ संक्रमणको पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशका बिभिन्न भागमा १ सय ९ संक्रमित थपिएसंगै नेपालमा संक्रमितको कुल १८ संख्या ४ हजार ८३ पुगेको छ ।
यसैगरी नेपालमा अझै ५ हजार ३ सय ८५ सक्रिय संक्रमित छन् । स्वास्थ्य मन्त्रालयका अनुसार बीपी स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणमा झापाका १, खोटाङका १ जनामा संक्रमण देखिएको छ ।
यस्तै, गजेन्द्र नारायण सिंह अस्पताल सप्तरीका ११ जना, भरतपुर अस्पताल भरतपुरमा चितवनका १ जनामा संक्रमण पुष्टि भएको छ । यस्तै, नारायणी अस्पतालमा भएको परीक्षणमा पर्साका ८, रौतहटका १, राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा सर्लाहीका १ जनामा संक्रमण देखिएको छ ।
यता, किटजन्य प्रयोगशाला हेटौंडामा बाराका १ जना, मकवानपुरका १, नलवपरासी पूर्वमा १ जना नयाँ संक्रमित थपिएका छन् । यस्तै, पाटन अस्पताल ललितपुरमा भएको परीक्षणमा काठमाडौंका १, ललितपुरका १, अछामका १, वीर अस्पतालमा बाराका २ जनामा संक्रमण देखिएको छ ।
यस्तै, स्टार अस्पतालमा काठमाडौंका १ जना, रुपन्देही प्रयोगशालामा गुल्मीका ३, कपिलवस्तुका ६ जना, पाल्पाका ४ जनामा संक्रमण देखिएको छ । यता, भेरि अस्पतालमा बाँकेका २ जना, बर्दियाका २ जना, दाङका ५ जना, लुम्बिनी अस्पतालमा भएको परीक्षणमा नलवपरासी पूर्वका ३, तनहुँका १ जनामा संक्रमण देखिएको छ ।
यता, सुर्खेत प्रयोगशालामा भएको परीक्षणमा अछामका २, कालिकोटका ३, दैलेृखका ३, हुम्लाका १ जना जाजरकोटका ६, मुगुका २, सुर्खेतका ११, डोटीका २, सुर्खेतका ११ जनामा संक्रमण देखिएको छ ।
यस्तै, डडेल्धुरा अस्पताल प्रयोगशालामा डडेल्धुराका ४, डोटीका १३, बैतडीका ३ जना नयाँ संक्रमित फेला परेका छन् । त्यस्तै, हालसम्म १८ हजार १ सय ८३जना क्वारेन्टिनमा छन् भने आइसोलसनमा ५ हजार ३ सय ८३ जना छन् ।
२४ घण्टामा ४ हजार ७५ जनाको पीसीआर भएसँगै मुलुकभर ३ लाख ३५ हजार ८२ जनाको पीसीआर विधिबाट परीक्षण भएको छ ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता