झापामा एकतप्पा समाजसेवा समिति गठन, क्यान्सर पिडित विरबहादुर श्रेष्ठलाइ ५० हजार सहयोग गर्ने


१० साउन, २०७७/  झापामा भएको फाकफोकथुमको एकतप्पा बासिको भेलाबाट आज डबल बहादुर योङहाङ्गको अध्यक्षतामा १३ सदस्यीय एकतप्पा समाजसेवा झापा गठन भएको छ । एकतप्पा बाट झापामा रोजगार, पेसा-ब्यवसाय, अध्ययन, बसाइसराइ लगायत विभिन्न कामको शिलसिलामा झापामा बसोबास गर्नेहरुको भेला बाट समिति गठन गरिएको हो । साविक एकतप्पामा फाकफोकथुमको २ वडाहरु ७ र ६ पर्छन् ।

समितिमा अध्यक्षमा डबल बहादुर योङहाङ्ग, उपाध्यक्ष रामकुमार श्रेष्ठ, उपाध्यक्ष भिमबहादुर कुवर(राजु), सचिव गंगाराम थापा गोदार, सहसचिव भिमबहादुर गुरुङ, कोषाध्यक्ष कमला थापा, सदस्य बेदनारायण गोदार थापा, सन्तोष गुरुङ, देउकुमार लावती, मिलन राइ, सुर्य योङहाङ्ग, नारायण बुढाथोकी र सिता खवास रहेका छ्न । 
त्यसैगरी ५ सदस्यीय सल्लाहकार समिति समेत गठन भएको छ । समितिमा भत्त बहादुर गोदार, राम कुमार राइ, नरबहादुर योङहाङ्ग, सिवराज दाहाल र हरि पोख्रेल रहेका छ्न ।

समितिले फाकफोकथुम गाउँपालिका–७ एकतप्पा निवासी क्यान्सर पीडित वीरबहादुर श्रेष्ठलाई उपचारको निम्ति साउन १८ गते ५० हजार सहयोग गर्ने समितिका सचिव गंगाराम थापा गोदार जानकारी गराएका छन् । क्यान्सर पिडित श्रेष्ठको मुखमुनि (च्युँडो)मा घाउ भई क्यान्सरको अवस्थामा रोग पुगिसकेकोले हाल पूर्वाञ्चल क्यान्सर अस्पतालमा उपचार भइरहेको छ । 

एकतप्पा समाजसेवा समिती, झापाले आगामी दिनमा झापामा बसोबास गर्ने एकतप्पा बासिलाइ संगठित गरि जन्मभूमि एकतप्पाको विकास र प्रबर्द्धनमा काम गर्ने मुल उद्देश रहेको समितिका उपाध्यक्ष भिम बहादुर कुवर(राजु)ले बताएका छन् भने तत्काल समितिले आर्थिक अवस्था कमजोर भइ उपचार गराउन नसक्ने एकतप्पा बासिलाइ आर्थिक सहयोग गर्ने र आगामी दिनमा सामाजिक कार्यमा समेत कृयासिल हुने समितिका सदस्य मिलन राइले बताएका छ्न् ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता