इलामबजार कोरोना संक्रमणको उच्च जोखिममाः एकै दिन सुरक्षाकर्मी सहित ९ जनामा कोरोना संक्रमण

इलाम, साउनः इलाममा आज एकै दिन ९ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । इलाम नगरपालिकामा ८ जना र माई नगरपालिकामा १ जना गरेर ९ जनामा कोरोना संक्रमण पुष्टी भएको स्वास्थ्य कार्यालयका कोरोना फोकल प्रस्न विमल बरालले जानकारी गराए । 
इलाम नगरपालिकामा रहेका संक्रमितहरु मध्ये एक जना भारतबाट आएर नगरपालिकाको क्वरेन्टाइनमा वसेका, एकजना खानेपानीका चौकीदार उनी क्वारेन्टाइनमा खानेपानी आपूर्तीको काम गर्दथे, एकजना क्वारेन्टाइनमा खटिएका नेपाल प्रहरीका हवल्दार र ५ जना शसस्त्र प्रहरी वलाकाका क्वारेन्टाइमा डिउटीमा खटिएको टोलीका ५ जनामा संक्रमण देखिएको स्रोतले वताएको छ ।  
कोरोना संक्रमितसवैलाई गोठगाउँको कोरोना अस्पताल पठाइएको छ । 
इलाममा आज थपिएका ९ जना सहित कोरोना संक्रमितको संख्या ३५ पुगेको छ ।

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता