प्रदेश १ मा १९ प्रहरीसहित ३१ संक्रमित थपिए


विराटनगर , ११ साउन । प्रदेश प्रहरी कार्यालय विराटनगरमा कार्यरत १९ जना नेपाल प्रहरीसहित प्रदेश १ मा शुक्रबार ३१ जना कोरोना संक्रमित थपिएका छन् भने १२ जना डिस्चार्ज भएका छन् ।
मोरङमा २२ र इलाममा ९ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । प्रदेश प्रहरी कार्यालयमा ५ जना प्रहरीमा कोरोना संक्रमण देखिए पछि प्रहरीहरुलाई क्वारेन्टाइनमा राखेर परीक्षण सुरु गरिएको थियो ।

मोरंगको विराटनगरमा १९ पुरुष र ३ महिला, इलामको इलाम नगरपालिकामा ५ जना सशस्त्र प्रहरी र १ जना नेपाल प्रहरीका जवान सहित ८ र माईमा १ पुरुषको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । प्रदेश १ माकोरोना संक्रमितको संख्या ९ सय २२ पुगेको छ ।
कोशी अस्पताल कोभिड १९ उपचार केन्द्रमा उपचाररत ८ महिला र ४ पुरुष डिस्चार्ज भएका हुन । प्रदेश १ मा डिस्चार्ज हुनेको संख्या७ सय ४७ पुगेको छ ।
न्युज२४बाट साभार

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता