नेपाल प्रहरीको २८ औं महानिरीक्षकमा शैलेश थापा क्षेत्री नियुक्त


काठमाडौं, २३ असार । सरकारले नेपाल प्रहरीको महानिरीक्षका आइजीमा शैलेश थापा क्षेत्रीलाई नियुक्त गरेको छ ।
मंगलबार प्रधानमन्त्री निवास वालुवाटारमा बसेको बैठकले प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) आइजीमा क्षेत्रीलाई नियुक्त गर्ने निर्णय गरेको हो ।
यो नियुक्तिसंगै हाल नेपाल प्रहरीको मानव स्रोत एवं प्रशासन विभाग प्रमुख रहनु भएका थापा नेपाल प्रहरीको २८ औं महानिरीक्षक (आईजी) बन्नु भएको छ ।
२०४९ सालमा प्रहरी निरीक्षक (इन्सपेक्टर)को रुपमा सेवा प्रवेश गर्नु भएका थापाले एकै ब्याचका अर्का प्रतिष्पर्धी एआईजी हरिवहादुर पाललाई उछिन्दै महानिरीक्षक बन्न सफल हुनु भएको हो ।
प्रहरी नायव उपरीक्षकबाट अतिरिक्त प्रहरी महानिरीक्षक बढुवा हुँदा कार्यसम्पादन मूल्याङ्कनका आधारमा १ नम्बरमा रहनु भएका थापालाई वरिष्ठताकै आधारमा प्रहरी महानिरीक्षकमा बढुवा गरिएको मन्त्रिपरिषद् बैठक पछि एक मन्त्रीले  बताए ।
वर्तमान आईजीपी ठाकुर ज्ञवाली ३० वर्षे सेवा अवधिका कारण भोलि बुधबारबाट अनिवार्य अवकासमा बस्दै हुनुहुन्छ ।

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता