काठमाडौं उपत्यकामा थप २८ जनामा कोरोना संक्रमणको पुष्टि


काठमाडौं, २३ असार । काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा थप २८ जनामा कोरोना भाइरस कोभिड १९ को संक्रमण फेला परेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा दिइएको जानकारी अनुसार पाटन अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा काठमाडौंका १२ जना , ललितपुरका १० जना र भक्तपुरका ४ जनामा संक्रमणको पुष्टि भएको छ ।
यस्तै शिक्षण अस्पताल महाराजगञ्जको प्रयोगशालामा गरिएको परीक्षणमा काठमाडौंका १ जनामा कोरोना पोजिटिभ पाइएको छ । यसैगरी राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा काठमाडौंका १ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
योसंगै मंगलबार काठमाडौं उपत्यकामा २८ संक्रमित थपिएका छन् । हिजो सोमबार मात्र काठमाडौं उपत्यकामा ५४ संक्रमित थपिएका थिए ।

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता