हावाबाट कोरोना सर्ने बैज्ञानिकहरुको दावी डब्ल्यूएचओले स्वीकार्‍यो, अनुशन्धान जारी


एजेन्सी, २४ असार । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)ले कोरोना भाइबरस हावाबाट सर्ने बैज्ञानिकहरुको गरेको दावीलाई स्वीकार गरेको छ । केही दिनअघि मात्रै ३२ देशका २३९ जना बैज्ञानिकहरुले हावाबाट कोरोना भाइरस सर्ने दावी गरेका थिए ।
यसअघि बैज्ञानिकहरुको एक समुहले डब्ल्यूएचओलाई खुला पत्र लेख्दै हावाबाट पनि कोरोना भाइरस संक्रमण हुने भएकाले हालका मापदण्ड परिवर्तन गर्नुपर्नेसमेत भन्दै आग्रह गरेका थिए । यो भनाइलाई मंगलबार स्वीकार गर्दै संगठनले कोरोना भाइरस महामारी हावाबाट सर्छ सर्दैन भन्नेबारे छलफल गरिरहेको छ । उसले पत्रकार सम्मेलन गर्दै हावाबाट सरेको धेरै प्रमाण भएपनि अहले नै यकिन गरेर भन्न सकिने अवस्था नरहेकोले अनुशन्धान जारी रहेको बताएको छ ।
स्वास्थ्य संगठनका एक अधिकारी ने भनेका छन् ‘सार्वजनिक स्थानमा, विशेषगरी भीडभाडयुक्त, कम हावा भएको र बन्द कोठामा हावामार्फत् भाइरस फैलने आशंकालाई स्वीकार गर्न सकिन्छ । तर हामी अझै प्रमाण संकलन र संकलित प्रमाणमाथि अझै अनुसन्धान गर्छौँ ।’
यदी यो कुरा प्रमाणित भए हालको मापदण्ड परिवर्तन गर्नुपर्ने हुन्छ । यसअघि विश्व स्वास्थ्य संगठनले कोरोना भाइरस मुख्य रुपमा संक्रमित व्यक्तिको नाक र मुखबाट निस्कने सुक्ष्म छिटाको माध्यमले फैलने बताउँदै आएको थियो । त्यसैको आधारमा कम्तिमा अन्य मानिसभन्दा कम्तीमा ३.३ फुटको दुरी हुँदा कोरोनाभाइरस संक्रमणको रोकथाम सम्भव भएको बताउँदै आएको थियो ।

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता