टिपरको ठक्करबाट एक व्यक्तिको मृत्यु


धादिङ, २४ असार । धादिङ जिल्लाको खत्रिपौवामा बुधबार बिहान २:३० बजेको समयमा टिपरको ठक्करबाट एक टिपर चालकको मृत्यु भएको छ ।
धादिङ जिल्ला धुनबेँसी नपा- ९ खत्रिपौवामा काठमाडौँबाट नौबिसेतर्फ आउँदै गरेको बा ४ ख ३१०४ नम्बरको टिपरले नागार्जुन नपा- ३ काठमाडौं बस्ने बर्ष ३० को महेश श्रेष्ठलाई ठक्कर दिँदा निजको घ’टनास्थलमानै मृत्यु भएको हो ।
ठक्कर दिने टिपर चालक भने फरार रहेको प्रहरीले जानकारी दिएकाे छ । खानिखोला प्रहरी र खत्रिपौवा प्रहरीबाट उनकाे खोजीकार्य भैरहेको छ । ठक्कर दिने टिपर भने प्रहरीकै नियन्त्रणमा रहेको जनाइएकाे छ । मृतककाे लासलाई पाेस्टमार्टमका लागि काठमाडौँस्थित टिचिङ्ग हस्पिटल पठाइएको छ।

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता