एजेन्सी, २३ असार । कोरोना भाइरसको बढ्दो जोखिमलाई ध्यानमा राख्दै अस्ट्रेलियाका दुईवटा अधिक जनसंख्या भएको राज्यहरू बीचको व्यस्त सीमा बन्द गर्न सयौं पुलिस अधिकारी र सेनाका जवानहरू तैनाथ गरिने भएको छ ।

सोमबार, भिक्टोरियामा १ सय २३ नयाँ घटनाहरू दर्ता भएका छन् । यो एकै दिनमा सबैभन्दा बढी वृद्धि भएको हो। न्यू साउथ वेल्सका पुलिस मन्त्री डेभिड इलियटले चेतावनी दिए कि आदेशहरू अनुसरण नगरेको खण्डमा ठूलो जरिवाना र जेल सजाय हुनेछ ।
दुई राज्यलाई जोड्ने ५५ वटा सडक बाहेक अनुमति बिना नदी र जंगलबाट सीमा पार गर्नेहरुलाई ११ हजार अष्ट्रेलियाली डलर करिव ९५ लाख ७२ हजार रूपैयाँ ६ र महिना जेल सजायको व्यवस्था गरिएको जनाइएको छ।
सीमा क्षेत्रमा बस्ने मानिसहरूलाई यात्रा अनुमति दिइनेछ। यद्यपि सीमा बन्द गर्न केही घण्टा मात्र बाँकी छ र अनुमति पत्रको लागि आवेदन प्रणाली तयार गरिएको छैन। न्यू साउथ वेल्सको सिमानामा अवस्थित अल्बरी सहरका मेयर केभिन म्याकका अनुसार प्रत्येक दिन ५० हजार गाडीले सीमा पार गर्छन्।
प्रतिकृया दिनुहोस्
About Maipokhari news
माइपोखरी न्यूज डटकम सम्बाददाता