इलाम बजारमा पार्किङ गरी राखेको मोटरसाईकल तथा सीसीटीभी तोडफोड गर्ने २ जना पक्राउ (तोडफोडको भिडियो सहित)

इलाम, ३१ असारः मंगलबार राती ११ः४५ बजेको समयमा जिल्ला इलाम इलाम नगरपालिका वडा नं। ७  स्थित चोकबजार तथा बिभिन्न ठाँउमा पार्किङ गरी राखेको मोटरसाईकलहरुलाई तोडफोड गरी मालापथमा रहेको सीसीटीभी क्यामेरा  भएको बिजुलिको पोलमा चढि सीसीटीभी समेत  फुटाउन खोज्ने ब्यक्तिहरुलाई पक्राउ गरीएको छ ।
पक्राउ पर्नेमा इलाम नगरपालिका वडा नं. ७ मालापथ बस्ने बर्ष १९ को पारुहाङ देवान र सोही स्थान बस्ने बर्ष १९ को आकाश परियार रहेका छन । निजहरुलाई सीसीसी क्यामेराले कैद गरेको फुटेजको आधारमा यही असार ३० गते पक्राउ गरीएको छ ।
पक्राउ परेका व्यक्तिहरुमाथि जिल्ला प्रहरी कार्यालय इलाममा ल्याई थप अनुसन्धान भई रहेको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ ।
हेर्नुहाेस भिडियाे



प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता