कालिकोटमा बाढी पहिरोबाट १२ को मृत्यु, ४ बेपत्ता, ३ घाइते, कर्णाली राजमार्ग अवरुद्व

कालिकोट, १४ साउन । कालिकोटमा बाढी पहिरोमा परि तीन दिनमा १२ जनाको मृत्यु भएको छ । प्रमुख जिल्ला अधिकारी चन्द प्रसाद गैरेका अनुसार मृत्यु हुनेमा नरहरिनाथ ७ बाँजाका ६५ बर्षीया गंगे बुढा, उनकी श्रीमती बर्ष ६१ की नैना बुढा, बुहारी बर्ष २४ की कुसा बुढा, छोरी बर्ष १८ की बिमला बुढा, बर्ष १० की चना बुढा, छोरा बर्ष ८ राम बुढा र बर्ष डेढ का छोरा चरित्र बुढा रको मुत्यु भएको छ ।
यसैगरी नरहरिनाथ वडा नं ४ माझगोठीमा पहिरो जाँदा बर्ष ६५ का बाले बुढा र निजकी श्रीमती ६२ बर्षीया मना बुढा र सान्नी त्रिबेणी गापा ७ की १४ बर्षीया बेलपुरा शाही को मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कालिकोटका डीएसपी श्यामबाबु ओलीयाले बताउनु भयो ।
रास्कोट नगरपालिका १ बलवालतोलामा सोमबार बेलुकी गएको पहिरोमा परी बेपत्ता भएका ५ जना मध्य ५० बर्षीया जयबहादुर शाहीको शव फेला परेको छ । तिलागुफा नगरपालिका ७ टाकुलामा खोलाले बगाउदा खाँडाचक्र नगरपालिका ५ की ५७ बर्षीया अभिसरा शाहीको मृत्यु भएको छ ।
रास्कोट नगरपालिका १ को पहिरोमा परी बेपत्ता भएका बर्ष १६ की संगीता शाही, बर्ष ११ की कौरा शाही बर्ष १५ कि अस्मिता शाही र बर्ष १० का नवीन शाहीको खोजी भई रहेको डीएसपी ओलीयाले जानकारी दिनुभयो ।
नरहरिनाथ ४ को रिग्ने पानीमा ५५ बर्षीया रत्न भण्डाराको घर पहिरोले भत्काउदा भण्डाराकी श्रीमती बर्ष ५० की पुन्ना भण्डारा र बर्ष ३० की गौरी भण्डारा घाइते भएका छन् । बाढी पहिरोका कारण कर्णाली राजमार्ग अवरुद्ध भएको छ ।
बाढीले नरहरिनाथको रहगाड पुल बगाएको छ । घाइतेको उद्दार र बेपत्ता ब्यक्तिको खोजीमा नेपाली सेना, शसत्र प्रहरी, नेपाल प्रहरी र स्थानीय तह लागिपरेका छन् ।
न्युज२४बाट साभार गरिएकाे
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता