कोरोनाबाट एकैदिन ६ बर्षीया बालिकासहित ९ को मृत्यु, मृत्यु हुनेको संख्या १ सय ४६ पुग्यो

काठमाडौं, ६ भदौ । कोरोना भाइरस संक्रमणबाट पछिल्लो २४ घण्टामा ६ बर्षीया बालिकासहित ९ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार योसहित नेपालमा कोरोना भाइरस संक्रमणबाट मृत्यु हुनेको संख्या १ सय ४६ पुगेको छ ।

File Photo

मन्त्रालयका अनुसार वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचारको क्रममा ६ बर्षीया बालिका र ७७ बर्षीय पुरुषको कोरोना संक्रमणबाट मृत्यु भएको छ । यसैगरी पर्सामा ६१ बर्षीय, ५८ बर्षीय र ४८ बर्षीय संक्रमित पुरुषको पनि उपचारको क्रममा मृत्यु भएको छ ।

यस्तै बारामा २८ बर्षीय पुरुष, सिरहामा ६८ बर्षीय पुरुष, मकवानपुरमा ५६ बर्षीय पुरुष र भक्तपुरमा ७३ बर्षीय एक पुरुषको पनि उपचारको क्रममा मृत्यु भएको मन्त्रालयले जनाएको छ । यो मृत्युदर शून्य दशमलव ५ प्रतिशत रहेको पनि मन्त्रालयको भनाइ छ ।

News 24 Nepal बाट साभार गरिएको 

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment