आज हरितालिका तीज, घरमै बसेर मनाउन धर्मशास्त्रविद्को आग्रह

काठमाडौँ, ४ भदौ ।

तीजका दिन विहानै नुहाइ धुवाइ गरी भगवान शिवको आरधना गर्दै महिलाहरु नाचगान र रमाइलो गर्नमा ब्यस्त हुने गरेकोमा यसपाली कोरोना भाइरसको महामारी र निषेधाज्ञाका कारण व्रत बस्नेदेखि गरिने क्रियालापमै असर परेको छ ।

संक्रमण फैलन सक्ने भन्दै यस्तो बेला भीड जम्मा गरेर हासी खुसी गर्दै नाच गान रमाइलो गर्नु उचित नहुने धर्मशास्त्रविद् बताएका छन् । यस्तो विषम परिस्थितीमा ज्यानै जोखिम राखेर व्रत बस्ने, मन्दिर जाने, मान्छे जम्मा गरेर रमाइलो गर्ने भन्दा पनि आफ्नो घरमा नै बसेर भगवानलाई मनले सम्झन धार्मिकशास्त्रविद्ले बताएका छन् ।

हिमालय पुत्री पार्वतीले आफ्नो पति भगवान शिवको शरीरमा केहि नहोस भनी लिएको पहिलो व्रत दिन हरितालिका तीजको दिन थियो । पार्वतीको विवाह भगवान विष्णुसँग गरिदिने वचन पिता राजा हिमालयले गरेकोले पार्वतीले आफुले मन पराएको शिवलाई पाउन तपस्या गरेकी थिइन् ।

आफुले तपस्या गरेको वर्षदिन पुग्दासमेत फल नपाएपछि पार्वतीले एकदिन शिवको मुर्ति राखेर निराहार ब्रत बसिन् । यसरी पार्वती निराहार व्रत बसेपछि शिव जी आफै प्रकट भई इच्छा पुरा होस् भनी आर्शिवाद दिएकाले पार्वती र शिवको विवाह भएको विश्वास रहेको छ । उक्त दिन भाद्र शुक्ला तृतिया परेको थियो ।

यसरी शिव र पार्वतीको विवाह सम्पन्न भएपछि हिन्दु नारीहरुले यसदिनलाई हरितालिका तीज चाडको रुपमा मनाउन थालेको मानिन्छ । हाम्रो समाजमा तीजमा विवाहित महिलाहरुले आफ्नो पतिको दिर्घायुको कामना गर्ने र अविवाहिताहरुले शिवजी जस्तै योग्य पति पाउने आशा गर्दै व्रत बसी नाचगान गर्छन् । विशेष त यो चाडमा नारीहरुले पतिको आयु लामो होस् भनेर निराहार व्रत बसी भगवान शिवजीसँग प्राथना गर्छन् ।

दिनभरी व्रत बसेर साझमा भगवान शिवको आराधना गरेर गीत तथा नाचगान गर्ने चलन रहेको छ । घरमा महिलाले भोगेका दुख दिदीबहिनीसँग गीतको माध्यमबाट पोख्ने पुरानो चलन रहेको छ । यसरी छिमेकमा दिदी बहिनी जम्मा भएर रमाइलो गर्छन् । जन्मघर र आफ्ना आमा बुबा दाजु भाई दिदी बहीनी छाड्न बाध्य नारीहरुले यस दिन वर्ष भरीको सबै दुख बिर्सीएर रमाउने गर्छन् ।

शिवालयहरु सुनसान
हरितालिका तीजका दिन राजधानीको पशुपतिनाथ लगायत विभिन्न शिवालय सुनसान हुने भएका छन् । अघिल्ला वर्षहरुमा भक्तजनहरुको घुइँचो लाग्ने मन्दिर कोरोना भाइरसको महामारीका कारण बन्द छन् । नित्य पुजा बाहेक अन्य पुजा जा त्यहाँ भएका छैनन् ।

दियो कलश गणेश थापी माझमा थालीमा शिव पार्वति सम्झेर साँझ हरितालिकाको पुजा लगाउने चलन छ । तिजको ब्रत भने भोलिपल्ट गौदान र पुर्णपात्रो गरेपछि मात्र पुर्ण हुने विश्वास गरिन्छ ।

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment