भारतमा विश्वकाे सबैभन्दा बढी दैनिक संक्रमित, एकैदिन ६८ हजार बढी संक्रमित फेला




भारतमा दिनदिनै कोरोना भाइरस संक्रमितकाे संख्याले नयाँ रेकर्ड कायम गर्दै आएको छ । आज पनि भारतमा नयाँ कोरोना संक्रमितको संख्याले उच्च छ । कोरोनाले आक्रान्त अमेरिका, ब्राजिल, बेलायत लगायतका देशमा भन्दा गएको २४ घण्टामा भारतमा धेरैले संक्रमित फेला परेकाे वल्डओमिटरले जनाएकाे छ ।

बिहीबार भारतमा एकैदिन ६८ हजार ५०७ जना

नयाँ संक्रमित फेला परेकाे वर्ल्डाेमिटर्सकाे तथ्यांकले देखाएकाे छ । जुन अन्य देशकाे भन्दा सर्वाधिक दैनिक संक्रमित संख्या हाे । बिहीबार त्यहाँ काेराेनाबाट ९ सय ८१ जनाकाे मृत्यु भएकाे छ ।

यससँगै अहिलेसम्म भारतमा काेराेना संक्रमित हुनेकाे संख्या २९ लाख ४७ हजार ४ हजार ३२९ पुगेकाे छ । ज्यान गुमाउनेकाे कुल संख्या ५४ हजार ९७५ रहेकाे छ भने निकाे हुनेकाे संख्या २१ लाख ५७ हजारभन्दा बढी रहेकाे छ ।  अहिले ६ लाख ९१ हजारभन्दा बढीमा काेराेना भाइरस सक्रिय रहेकाे छ ।

भारतमा कोभिड–१९ नियन्त्रण गर्ने उद्देश्यले गत मार्चमा लगाइएको लकडाउन खुकुलो पारेसँगै संक्रमणमा विस्तार भएको हो । भारत सरकारले जुन ८ मा लकडाउन घोषणा गरेको थियो । त्यतिबेलासम्म भारतमा संक्रमितको संख्या ५ सयको हाराहारीमा थियो ।

धेरै जनसंख्या र जनघनत्व भएका सहरहरू धेरै भएकाले भारत कोभिड–१९ को केन्द्रबिन्दु बन्न सक्ने विज्ञहरूले चेतावनी दिँदै आएका छन् ।

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment