विराटनगरमा कोराना संक्रमित ४५ बर्षीया पुरुषको घरमै मृत्यु

विराटनगर, ५ भदौ । विराटनगर महानगरपालिका ६ का कोरोना संक्रमित ४५ बर्षीया पुरुषको विहीबिार राती घरमै मृत्यु भएको छ । भदौ ३ गते कोरोना पुष्टि भएपछि उहाँ आफ्नै घरको होम आइसोलेसनमा बस्दै आउनु भएको थियो ।

दश बर्ष देखी सुगरको विरामी भए पनि उहाँको स्वाथ्य अवस्था सामान्य रहेको वडा ध्यध्यक्ष बिजय कामतले जानकारी दिनु भयो । विराटनगरमा संचालित आइसोलेसन खालि नभएका कारण उहाँ आफ्नै घरमा छुट्टै बस्दै आउनु भएको अध्यक्ष कामतले जानकारी दिनुभयो ।

विराटनगर महानगरपालिका भित्र ७ सय ४३ जना संक्रमितहरु मध्ये ३ सय ४१ जना होम आइसोलेसनमा बसेका छन् । आइसोलेसन अस्पताल र आइसोलेसन केन्द्रहरुमा ठाँउ नभएका कारण संक्रमितहरु होम आइसुलेसनमा बसिरहेका छन् । पछिल्लो समयमा विराटनगर महानगरपलिकाले क्वारेन्टाइनलाई आसोलेसन सेन्टर बनाउन थालेको छ ।

दिनहु संक्रमितको संख्या बड्न थालेपछि आइसोलेसनमा संक्रमितहरु अट्न छाडेका छन् । विराटनगरमा यो सहित मृत्यु हुनेको संख्या ९ पुगेको छ । मृतकको शव मोरङको थलाहा स्थित सुर्यदल गण नेपाली सेनाको शव व्यवस्थापन टोलीले व्यवस्थापन गर्ने अध्यक्ष कामतले जानकारी दिनु भयो ।

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment