सन्दकपुर गाउँपालिकामा थप ४ जना संक्रमित पुष्टि


इलाम । इलामको सन्दकपुर गाउँपालिकामा थप ४ जनामा कोरोनाको संक्रमण देखिएको छ । गाउँपालिकाको वडा नं ३ र ४ मा पर्ने पञ्चकन्या हाइड्रोपावरमा कार्यरत कर्मचारीको परिवारमा गरिएको परिक्षणमा कोरोना पुष्टि भएको हो । गत साउन ३० गते समुदाय स्तरमा १२७ जनामा गरिएको परिक्षणमा हाइड्रोपावरका कर्मचारीको परिवारका सदस्य ३ जना र कोरोना संक्रमित देखिएका कर्मचारीहरुले खाजा खाएको होटल मालिकलाई संक्रमण देखिएको सन्दकपुर गाउँपालिका स्वास्थ्य शाखा प्रमुख मनोजकुमार धुर्जारले जानकारी दिए । संक्रमण पुष्टि हुनेहरुमा २ महिला र २ पुरुष रहेका छन् । उनीहरुलाई इलाममा रहेको आइसोलेसनमा लग्ने तयारी भइरहेको छ । कन्टयाक ट्रेसिङमा आएकाहरुको खोजी गरेर स्वाब संकलन गरिने धुर्जारले जानकारी दिए । 
शुक्रबार ४ जना पुष्टि भएपछि गाउँपालिकामा कोरोना संक्रमितको संख्या ८ पुगेको छ । यसअघि वडा सदस्य सहित ४ जनालाई संक्रमण देखिएपछि अहिले इलाम अस्पतालको आइसोलेसनमा राखिएको छ । 
कोरोनाको जोखिम बढेसंगै गाउँपालिकामा लकडाउनको अवधि थप गरिएको छ । गाउँपालिकाले तेश्रो चरणमा आगामी भदौ ११ गतेसम्म लकडाउन थप गरेको हो । यसअघि साउन २२ र २९ गते एक÷एक साता लकडाउन गरिएको थियो  । संक्रमित देखिएको वडा नं ४ र ३ न.ं केही भागमा गरिएको सिल अझै यथावत नै रहेको प्रमुख प्रशासकिय अधिकृत महेश राईले जानकारी दिए ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment