फेरि एकै दिन ८ सय ३८ संक्रमित थपिए, संक्रमितको संख्या ३० हजार ४ सय ८३ पुग्यो

काठमाडौं, ५ भदौ । मुलुकमा थप ८ सय ३८ जनामा कोरोना भाइरस कोभिड १९ संक्रमणको पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशका बिभिन्न भागमा ८ सय ३८ संक्रमित थपिएसंगै नेपालमा संक्रमितको कुल संख्या ३० हजार ४ सय ८३ पुगेको छ 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार प्रदेशको १ को इलामका ४ जना, उदयपुरका २ जना, झापाका ७ जना, ताप्लेजुङका १ जना, पाँचथरका १ जना, मोरङका ४५ जना र सुनसरीका २९ जनामा संक्रमण देखिएको छ ।

यस्तै, प्रदेश २ को धनुषामा ३ जना, पर्सामा ८० जना, बारमामा ४० जना, रौतहटमा ११ जना, सप्तरीमा ५ जना, सर्लाहीमा २४ जना, सिरहाका १६ जनामा संक्रमण पुष्टि भएको छ ।

यता, वागमती प्रदेशको काठमाडौकां १४२ जना, चितवनका २३ जना, धादिङ र दोलखाका १÷१ जना, नुवाकोटका २ जना, भक्तपुरका १५ जना, मकवानपुरका ३२ जना, ललितपुरका २५ जना र सिन्धुलीका ८ जनामा संक्रमण देखिएको छ ।

यस्तै, गण्डकी प्रदेशको कास्कीका १ जना, नवलपारसी पूर्वका १९ जना, पर्वतका १ जना, मनाङका २ जना, बागलुङका ३ जना, स्याङजाका १ जनामा संक्रमण देखिएको छ ।

यता, प्रदेश ५को अर्घाखाँचीका १ जना, कपिवस्तुका २ जना, गुल्मीका १ जना, दाङका ४ जना, पाल्पाका १ जना, प्युठानका ६ जना, बर्दियाका ६ जना, बाँकेका २० जना, रुपन्देहीका १७ जना, रोल्पाका १ जनामा संक्रमण देखिएको छ ।

यस्तै, कर्णाली प्रदेशको कालिकोटका १ जना, जुम्लाका ५३ जना, दैलेखका १ जना, रुकुम पश्चिममा ३ जनामा संक्रमण पुष्टि भएको छ ।

यस्तै, सुदूरपश्चिम प्रदेशको अछामका ३८ जना, कञ्चनपुरका १४ जना, कैलालीका ८५ जना, डडेल्धुराका २ जना, डोटीका ३४ जना र बैतडीका ३ जनामा संक्रमण देखिएको छ ।

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment