विराटनगरको डिग्री क्याम्पसमा प्रदेश स्तरीय ल्याब निर्माण गरिने


विराटनगर, ५ भदौ । प्रदेश १ सरकार मन्त्रिपरिषदको बैठकले विराटनगरको डिग्री क्याम्पसमा प्रदेश स्तरीय ल्याब निर्माण गर्ने भएको छ ।
शुक्रवार विराटनगरस्थित मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा बसेको मन्त्रिपरिषद बैठकले स्वीस सरकारको सहयोगमा डिग्री क्याम्पसको जग्गा भाडामा लिएर अत्याधुनिक ल्याव निर्माण गर्ने निर्णय गरेको हो ।

ल्याबका लागि जग्गा प्राप्तिको प्रक्रिया अघि बढाउने निर्णय समेत गरेको प्रदेश सरकारका प्रवक्ता एवम् आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मत कार्कीले जानकारी दिनुभयो ।

यसैगरी मन्त्रिपरिषदको बैठकले सामाजिक विकास मन्त्रालय अन्तर्गतका योजना कार्यान्वयनका लागि कार्यविधि पारित गर्ने निर्णय गरेको छ । बैठकले कोरोना विशेष उपचार केन्द्रलाई श्रेणी २ को अस्पताल बनाउन चाहिने जनशक्तिहरु विज्ञहरुसंग छलफल गरेर पूर्ति गर्न स्वीकृति प्रदान गरेको छ ।

यसै गरी सो बैठकले पर्यटन वन तथा उद्योग मन्त्रालयबाट आएको पर्यटन विकास आयोजना तथा जलधार व्यवस्थापन कार्यान्वयन इकाइको एक बर्ष म्याद थप गर्ने निर्णय गरेको छ ।

मन्त्रिपरिषद बैठकले कोभिड नाइन्टिन रोकथाम, नियन्त्रण र उपचारमा गरिएका कार्यहरु सन्तोषजनक नै रहेको र आईसोलेशन वार्डहरु निर्माण गर्न निर्देशन समेत दिएको छ ।

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment