कोरोना भाइरस नियन्त्रणका लागि साउनसम्ममा १३ अर्ब ३६ करोड रुपैयाँ खर्च : सरकार


काठमाडौं, ५ भदौ । सरकारले कोरोना भाइरस (कोभिड—१९) नियन्त्रणका लागि साउन मसान्तसम्मको खर्च विवरण सार्वजनिक गरेको छ ।

बिहीबार बसेको मन्त्रिपरिषद् बैठकको निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता एवं अर्थ/सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. युवराज खतिवडाले १३ अर्ब ३६ करोड रुपैयाँ भन्दा बढी रकम खर्च भएको विवरण सार्वजनिक गर्नुभएको हो ।

File Photo

विवरण अुनसार कोरोना नियन्त्रण तथा रोकथामका लागि संघीय सञ्चित कोषबाट ५ अर्ब ८५ करोड रुपैयाँ खर्च भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रलायबाट २ अर्ब १७ करोड, रक्षा मन्त्रालयबाट २ अर्ब ३७ करोड, गृह मन्त्रालयबाट २० करोड ८३ लाख, परराष्ट्र मन्त्रालयबाट ६ लाख, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयबाट ४ करोड ४९ लाख र सहरी विकास मन्त्रालयबाट १ करोड २९ लाख रकम खर्च भएको छ । कोभिड कोषबाट यस्तै १ अर्ब ३ करोड विभिन्न निकायलाई दिइएको छ ।

यस्तै प्रदेशहरुबाट झण्डै डेढ अर्ब खर्च भएको छ । मन्त्री खतिवडाले १ अर्ब ४९ करोड ७० लाख रुपैयाँ खर्च भएको बताउनुभयो । उहाँका अनुसार प्रदेश नम्बर १ मा २० करोड ७१ लाख, प्रदेश नम्बर २ मा १७ करोड २ लाख र बागमती १३ करोड ६७ लाख रुपैयाँ खर्च भएको छ ।

यस्तै गण्डकी प्रदेशमा १४ करोड ५४ लाख, प्रदेश नम्बर ५ मा १० करोड ५९ लाख, कर्णाली प्रदेशमा २६ करोड २६ लाख र सुदूरपश्चिम प्रदेशमा ४२ करोड ४८ लाख रुपैयाँ खर्च भएको उहाँले बताउनुभयो ।

यस्तै स्थानीय तहबाट ६ अर्ब २ करोड रुपैयाँ खर्च भएको छ । सबै रकम औषधि, स्वास्थ्य सामग्री खरिद, जनशक्ति व्यवस्थापन र क्वारेन्टाइन व्यस्थापनमा खर्च भएको छ ।

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment