काठमाडौंमा ३६ सशस्त्र प्रहरीमा कोरोना पुष्टि, संक्रमितमध्ये २८ खेलाडी


काठमाडौं, ०५ भदौ । काठमाडौं उपत्यकामा कार्यरत ३६ सशस्त्र प्रहरीमा कोरोना संक्रमण पुष्टि भएको छ । सशस्त्र प्रहरी स्रोतका अनुसार संक्रमितहरुमा २८ जना खेलाडी रहेका छन् । संक्रमितहरु काठमाडौं र भक्तपुरका मात्रै रहेका छन् ।

संक्रमितहरु भक्तपुरस्थित दुवाकोटमा रहेको गुह्येश्वरी गणका मात्रै २० जना रहेका छन् । र, कीर्तिपुरस्थित लवाराही गणका १६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । संक्रमित सशस्त्र प्रहरीहरु प्राय सबै तराईका विभिन्न जिल्ला सीमा क्षेत्र सिल गर्ने क्रममा खटिएर फर्किएका सशस्त्र प्रहरी श्रोतले जनाएको छ ।

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment