फेरि एकै दिन ७ सय ७ संक्रमित थपिए, संक्रमितको संख्या २९ हजार ६ सय ४५ पुग्यो


काठमाडौं, ४ भदौ । मुलुकमा थप ७ सय ७ जनामा कोरोना भाइरस कोभिड १९ संक्रमणको पुष्टि भएको छ । तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशका बिभिन्न भागमा ७ सय ७ संक्रमित थपिएसंगै नेपालमा संक्रमितको कुल संख्या २९ हजार ६ सय ४५ पुगेको छ ।

यस अघि भदौ २ गते एकै पटक एक हजार बढीमा संक्रमण फेला परेपछिको यो दोस्रो बढी संक्रमितको संख्या हो । संक्रमित हुनेमा १ सय ९२ महिला र ५ सय १५ पुरुष छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मन्त्रालयका अनुसार प्रदेशको १ को उदयपुरमा ४, झापाका १, तेह्रथुमा ९, धनकुटामा १ जना, मोरङमा ९ जना, सुनसरीका १३ जनामा संक्रमण देखिएको छ ।

यस्तै, प्रदेश २ को धनुषामा ३१ जनामा, पर्सामा ५५ जनामा, बारामा ८ जनामा, महोत्तरीमा १५ जनामा, रौतहटमा ६ जनामा, सप्तरीमा १९ जनामा, सर्लाहीमा ९३जनामा, सिरहामा २१ जनामा संक्रमण पुष्टि भएको छ ।

यता, वागमती प्रदेशको काठमाडौंमा १७४, ललितपुरमा १८ जना, भक्तपुरमा ८ जना, काभ्रेमा १ जना, चितवनमा १ जना, दोलखामा २ जना, धादिङमा २ जना, नुवाकोटमा ३ जना, मकवानपुरमा २५ जना, सिन्धुलीमा र सिन्धुपाल्चोमा १/१ जनामा संक्रमण देखिएको छ ।

यस्तै, गण्डकी प्रदेशको कास्कीमा १९ जना, गोरखमा १ जना, तनहुँमा २ जना, नवलपारसी पूर्वमा ३ जना, बागलुङमा ८ जना र स्याङजामा १ जनामा संक्रमण देखिएको छ । यता, प्रदेश ५ को कपिलवस्तुमा ३० जना, गुल्मीमा ३ जना, दाङमा ४ जना, प्यूठानमा १ जना, बर्दियामा २ जना, बाँकेका १६ जना, रुपन्देहीमा १८ जना र रोल्पामा १ जना संक्रमण देखिएको छ ।

यस्तै, कर्णाली प्रदेशको कालिकोटमा १ जना, जाजरकोटमा १ जना, दैलेखमा १९ जना, सल्यानमा १ जना, रुकुम पश्चिममा १, सुर्खेतमा १ जनामा संक्रमण पुष्टि भएको छ । यस्तै, सुदूरपश्चिम प्रदेशको अछाममाा ३१ जना, कैलालीमा १ जना, डोटीमा १६ जना, डडेल्धुरामा २ जना, दार्चुलामा १ जना, बझाङ र बैैतडीमा १/१ जनामा संक्रमण देखिएको छ ।

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment