विराटनगरमा विद्युत प्राधिकरणका एक कर्मचारीको कोरोना संक्रमणबाट मृत्यु

विराटनगर, २८ साउन । विराटनगर स्थित कोभिड १९ उपचार केन्द्रमा उपचार गराइरहेका कोरोना संक्रमित एक जनाको मृत्यु भएको छ ।

शनिबार कोरोना पुष्टि भएपछि सोमबार अस्पतालमा भर्ना भएका विराटनगर ५ का ५७ बर्षीय पुरुषको बुधबार अपरान्ह ५ बजे मृत्यु भएको कोभिड अस्पतालका संयोजक डाक्टर दीपक सिग्देलले जानकारी दिनु भयो ।

सुगर र दमका विरामी रहेका मृतकको साउन २४ गते कोरोन पुष्टि भएको थियो । उनलाई स्वास्थ्यमा समस्या देखिएपछि सोमबार अस्पताल भर्ना गरी अक्सिजन दिएर उपचार गरिरहेकोे अवस्थामा मृत्यु भएको संयोजक डा. सिग्देलले जानकारी दिनु भयो ।

मृतक नेपाल विधुत प्राधिकरणका कर्मचारी हुन । अस्पताल भर्ना गर्दा नै उनको स्वास्थ्यमा धेरै समस्या देखिएको अस्पतालले जनाएको छ । यो संगै विराटनगरमा भृत्यु हुनेको संख्या ५ पुगेको छ । यस अघि विराटनगर ९ का दुईजना , १० का एक जना र ५ का १ जनाको कोरोनाको कारण मृत्यु भइसकेको छ ।

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment