टिचिङ अस्पतालका २ डाक्टर र ४ नर्समा कोरोना पुष्टि, आकस्मिक कक्ष सिल


काठमाडौँ, २९ साउन । काठमाडौँको महाराजगञ्जस्थित टिचिङ अस्पतालको दुई डाक्टरसहित सात जनामा कोरोना संक्रमण पुष्टि भएको छ । अस्पताल प्रशासनकाे अनुसार आकस्मिक कक्षका दुई डाक्टर र चार जना नर्समा बुधबार कोरोना संक्रमण देखिएको हो ।

त्यस्तै, कर्मचारी ओसार्न भक्तपुर रुटमा सञ्चालन भइरहेको टिचिङ अस्पतालका बसका चालकमा पनि कोरोना संक्रमण पुष्टि भएको छ । सात जनामा संक्रमण देखिएपछि टिचिङ अस्पतालको आकस्मिक सेवा सिल गरिएको छ ।

अस्पतालका अन्य डाक्टर तथा नर्सहरूको पीसीआर परीक्षण शुरू गरिएको अस्पतालका निर्देशक प्राध्यापक डाक्टर रोहितकुमार पोखरेलले जानकारी दिनुभयाे ।

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment