समुदाय स्तरमा कोरोना फैलिएपछि उदयपुरका तीन नगरपालिकामा आजदेखि निषेधाज्ञा जारी

उदयपुर , २९ साउन ।  कोरोना भाइरसको संक्रमण समुदाय स्तरमा फैलिएपछि उदयपुरका तीन नगरपालिकामा स्थानीय प्रशासनले निषेधाज्ञा जारी गरेको छ ।

जिल्ला मालपोत कार्यालयमा कार्यरत तीन कर्मचारी र कर्मचारीका परिवार सहित ७ जनामा कोरोना संक्रमण पुष्टि भएसँगै थप सतकर्ता अपनाउनका लागि आजबाट निषेधाज्ञा लागु गरिएको हो । उदयपुरको त्रियुगा, चौदण्डिगढी र बेलका नगरपलिका क्षेत्रमा निषेधाज्ञा जारी गरिएको प्रमुख जिल्ला अधिकारी चक्रपाणि पाण्डेले जानकारी दिनुभयो ।

जिल्ला विपद व्यवस्थापन समितिको निर्णय अनुसार जिल्लाका तीन नगरपालिका निषेधाज्ञा जारी भए पछि आज विहानबाट उदयपुरमा कडाई गरिएको छ । अत्यावश्यक वाहेका सार्वजनिक तथा व्यक्तिगत सवारी साधन पूर्णतया ठप्प छ भने अत्यावश्यक काम बाहेक घर बाहिर ननिस्कनको लागि प्रशासनले आग्रह गरेको छ ।

निषेधाज्ञाको पहिलो दिन उदयपुरको त्रियुगा नगरपालिका, चौदण्डिगढी नगरपालिका र वेलका नगरपालिका विहानै देखि सुनसान रहेका छन् । यता निषेधाज्ञाका विच खाद्यन्न पसलहरु भने विहान ९ देखि १२ बजेको समयमा खुल्न पाउने र त्यस समयमा अनावश्यक भीड नगर्नका लागि प्रशासनले नागरिकहरुलाई आग्रह गरेको छ ।

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment